एम्बुलेन्सबाटै गाँजा तस्करी गर्ने पक्राउ

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १४, २०८० 0८:२१
एम्बुलेन्सबाटै गाँजा तस्करी गर्ने पक्राउ

नेपाल प्रहरीले धनकुटाको भेडेटार र सशस्त्र प्रहरीले सुनसरीको चतराबाट गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रणमा लिएको हो। यी दुई जिल्लाबाट ३२५ किलो गाँजा सहित दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले आइतबार सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा–धरान सडकखण्डमा पर्ने बगुवादेखि सूर्यकुण्ड जाने भित्री सडकबाट २७३ किलो गाँजा बोकेको को१च २९३७ नम्बरको एम्बुलेन्समा एम्बुलेन्स नियन्त्रणमा लिएको थियो।

यस्तै, एम्बुलेन्समै धनकुटाबाट धरानतर्फ ल्याउँदै गरिएको ५२ किलोग्राम गाँजा नेपाल प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट बरामद गरेको हो।

धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे१च २०३२ नम्बर एम्बुलेन्समा ५२ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १४, २०८० 0८:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट