शौचालयभित्र पसेकी युवतीको भिडियो खिच्ने डिएसपीलाई एक वर्ष थुन्ने तयारी

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १४, २०८० 0९:४२
शौचालयभित्र पसेकी युवतीको भिडियो खिच्ने डिएसपीलाई एक वर्ष थुन्ने तयारी

रेष्टुरेन्टमा महिलाको गोप्य तस्बिर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डीएसपीविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको छ ।

डीएसपी तुलसिंह केसीविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा दायर भएको हो । उनी गत ५ फागुनमा स्वयम्भुस्थित रेष्टुरेन्टबाट पक्राउ परेका थिए ।

एक युवती शौचालयमा गएका बेला बाथरुमको माथिल्लो खुल्ला भागबाट उनले तस्बिर तथा भिडियो खिचेका थिए। युवतीलाई शंका लागेपछि रेष्टुरेन्टमै विवाद गरेकी थिइन् ।

पछि प्रहरीलाई खबर गरेर पक्राउ गरिएको थियो । डिएसपी केसीले माफी मागे पनि युवतीले उजुरी दिएर उनलाई थुनाएका हुन् । पोखरा बाहिनीमा कार्यरत डिएसपी केसी सशस्त्रका अन्य अधिकृतसहित रेष्टुरेन्टमा बसेर मदिरा पिएका थिए । मदिराकै नशामा उनले त्यस्तो हर्कत गरेका हुन् ।

मुलुकी अपराध संहिताको दफा १२१ अनुसारको कसुरअनुसार उनीविरुद्ध मुद्दा दायर भएको छ । जसमा अश्लील सामाग्री प्रचार प्रसार गर्न नहुने प्रावधान छ । यस्तो अपराधमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान छ ।

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १४, २०८० 0९:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट