बालेन, हर्क र रविहरू प्रचण्ड जस्तै विद्रोही हुन : उपाध्यक्ष मैनाली

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र ९, २०८० १९:४३
बालेन, हर्क र रविहरू प्रचण्ड जस्तै विद्रोही हुन : उपाध्यक्ष मैनाली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले बालेन्द्र शाह, हर्क सामपाङ र रबी लामिछानेहरू प्रधानमन्त्री प्रचण्ड जस्तै विद्रोही भएको टिप्पणी गरेका छन् । ह्वइट हाउस इन्टरनेश्नल कलेजले पुतलीसडकमा शुक्रवार क्विज कन्टेन्ट सञ्चालन कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित मैनालीले यो देशको परिवर्तनको नेतृत्वकर्ता प्रचण्ड भएकाले त्यसका बाईप्रडक्ट रूपमा अरू भएको उल्लेख गरे ।

‘जुनसुकै पार्टीको राजनीति गरे पनि प्रगतिशील र क्रान्तिकारी राजनीति गर्नुस् । यसरी नै रबी लामिछाने, बालेन शाह र हर्क सामपाङ्गले गरे’ उनले भने, ‘पछिल्ला जति पनि आन्दोलनहरू भए त्यसको नेतृत्व प्रचण्डले गरे । हर्क, बालेन र रबीहरूको परिवर्तनको नेता प्रचण्ड हुन । त्यस्तै परिवर्तनगामी नेता बन्ने सपना देख्नुस् ।’

यो देशको युगान्तकारी परिवर्तन गर्न १० वर्षे जनयुद्ध गर्न बन्दुक उठाएको उनले जिकिर गरे । ‘यो देशमा महिलाले जोत्नु हुँदैन किरिया बस्नु हुँदैन भन्नेलाई माओवादीले बन्दुक बोकाएर यो मुलुकको रूपान्तरणमा लगायो । सामन्ती राजतन्त्रको जरो नै उखालेर देशमा गणतन्त्र स्थापना ग¥यो’ उनले भने, “बालेन कुनै बेला अखिल क्रान्तिकारीको सदस्यता बोकेको मान्छे हो । अखिल क्रान्तिकारीमा सङ्गठित भएको मान्छे हो । उहाँ आफ्नैढङ्गले अघि बढेर महानगर प्रमुख भए ।’ यो देशको राजनीति खराब छ भनेर विद्रोेह गरेर काठमाडौँको मेयर हुन सफल भएको उल्लेख गरे ।

उनले कार्यक्रम ह्वाइ हाउस कलेजले यो प्रदेशको नमुना बनाउने मुख्यमन्त्री जन्माओस् भन्दै शुभकामना दिए । माओवादीले यो देशको १८ घण्टे लोडसेडिङदेखि भ्रष्टाचारका सुशासनको पक्षमा कदम चालेको उनले उल्लेख गरे ।

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र ९, २०८० १९:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट