थाइल्याण्डबाट उपचार गरेर फर्किए पूर्व प्रधानसेनापति

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १७, २०८० १२:0२
थाइल्याण्डबाट उपचार गरेर फर्किए पूर्व प्रधानसेनापति

पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङ्ग उपचार गरेर स्वदेश फिर्ता भएका छन् । उनी थाई एअरको उडान नम्बर टिजी ३१९ बाट ११ बजेर २७ मीनेटमा नेपाल आइपुगेका छन् ।

भाटभटेनी साहु मीनबहादुर गुरुङ्गका सम्धीसमेत रहेका गुरुङ्ग पार्किन्सनजस्तै रोग देखिएपछि उपचारका लागि त्यता गएका थिए।

गुरुङ तनहुँ जिल्ला तत्कालिन रिस्ती गाविस पुलिमराङ्ग गाउंमा बुवा इमानसिंह गुरुङ तथा आमा ईमादेवी गुरुङका माईला छोरा हुन। उनकी श्रीमती कमला गुरुङ नेपाल राष्ट्र बैङ्कका अवकाशप्राप्त अधिकृत हुन। उनका जेठा छोरा डा.प्रतिकमानसिंह गुरुङ र कान्छा छोरा प्रबलमानसिंह गुरुङ हुन।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १७, २०८० १२:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट