कांग्रेसलाई ओलीको प्रश्न- टीआरसी कसले टुंग्याउन दिएन?

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ३०, २०८० १३:३१
कांग्रेसलाई ओलीको प्रश्न- टीआरसी कसले टुंग्याउन दिएन?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई टीआरसी कसका कारण नटुङ्गिएको हो भनी प्रश्न गरेका छन्।

संसद्‌मा विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा बोल्दै उनले टीआरसी आफूले विगतमा सरकारमा हुँदा टुंग्याउन खोजेको तर तत्कालीन समयमा कसले नदिएको हो भनी उनले प्रश्न गरे।

केही दिनअघि मात्र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि संसद्‌मा संक्रमणकालीन न्याय अब कसरी टुंगिन्छ र विगतमा कसका कारण रोकियो? भनी प्रश्न गरेका थिए।

‘विगतमा शान्ति प्रक्रिया किन टुङ्गिएन र कसले टुङ्गाउन दिएन ’ उनले भने ‘आयोगमा सभापति कसका भए र कसले काम नर्गन निर्देशन दिएको हो?’

राष्ट्र संघका महासचिवले संसदमा उभिएर के भनेका थिए आफूहरुले पनि त्यही भनेको दाबी उनले गरे । उनले यसलाई टुङ्गाउन आफूहरुले कुनै व्यवधान नगरेको दाबी गरे। उनले शान्ति प्रक्रियाका केही कुरा मिलेको र अब बाँकी कुरा मिलाउनुपर्ने बताए।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ३०, २०८० १३:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट