म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा : लिभरपुलको पोस्टमा ४ गोल

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ५, २०८० 0९:0९
म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा : लिभरपुलको पोस्टमा ४ गोल

लिभरपुलमाथि रोमाञ्चक जीत हासिल गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति सात गोलको थ्रिलरमा युनाइटेड ४–३ गोलले विजयी बन्यो ।

खेलको १० औँ मिनेटमा स्कट म्याकटोमिनीले युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यमा तीन मिनेटको अन्तरमा दुई गोल गर्दै लिभरपुलले खेलमा अग्रता लियो । एलेक्सिस म्याक एलिस्टर र मोहमद शालाहले एक–एक गोल गरे ।

लिभरपुल जीततर्फ अघि बढिरहँदा ८७ औँ मिनेटमा एन्टोनीले खेल बराबरी गरेका थिए । खेलको अन्त्यमा मार्कस रासफोर्ड निर्णायक गोल गर्नबाट चुकेका थिए । निर्धारित समयमा निर्णय नभएपछि खेल अतिरिक्त समयमा प्रवेश गर्‍यो । १०५ औँ मिनेटमा हार्भे एलियटले पुनः लिभरपुललाई अग्रता दिलाए ।

तर, ११२ औँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै खेल बराबरी गरे । अतिरिक्त समयको अन्तिम मिनेटमा अमाद डियालोले विजयी गोल गर्दै टोलीलाई सेमिफाइनलमा प्रवेश गराए । लगत्तै, गोलको खुसीयाली मनाउँदा उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न बाध्य पनि बने ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ५, २०८० 0९:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट