कांग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र मिलेन : महिन्द्रराय यादव

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ३०, २०८० १३:३९
कांग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र मिलेन : महिन्द्रराय यादव

नेकपा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले कांग्रेससँग माओवादी केन्द्रको गठबन्धनमा गोत्र नमिलेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कांग्रेससँगको गठबन्धन अप्राकृतिक रहेको बताएका हुन् । उनले कांग्रेससँग माओवादीले गठबन्धन गर्दा चुनावमा २० सिट माओवादीलाई कम परेको बताए । यादवले कांग्रेस अहिले पनि यथास्थितिवादी पार्टी भएको आरोप लगाए ।

वैचारिक र सैद्धान्तिक रूपमा अग्रगामी पार्टी माओवादी केन्द्र रहेको उनले बताए । ‘वैचारिक र सैद्धान्तिक रूपमा अग्रगामी पार्टी माओवादी र कांग्रेस अहिले पनि यथास्थितिवादी पार्टी हो । कांग्रेस यथास्थितिबाट मुलुकलाई परिवर्तनतिर लैजान अहिले पनि तयार छैन । विगतको गठबन्धन अप्राकृतिक थियो, अहिलेको गठबन्धन वैद्धारिक र सैद्धान्तिक हिसाबले देशको आवश्यकताको हो,’ उनले भने ।

यादवले अहिलेको गठबन्धन वैचारिक र सैद्धान्तिक हिसाबले देशको आवश्यकता भएको दाबी गरे ।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ३०, २०८० १३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट