रञ्जिताले भनिन्– नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई साथ् दिन्छ

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ३०, २०८० १४:५0
रञ्जिताले भनिन्– नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई साथ् दिन्छ

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे बोल्दै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी) ले विश्वासको मत दिने बताइन् ।

उनले आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको उल्लेख गर्दै राजनीतिक दलहरुले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशील चेतनालाई सम्बोधन गर्न सक्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ । आज देशले विभिन्न खाले प्रश्नको सामना गरिरहेको छ । आन्दोलनको जगमा उभिएर ती प्रश्नहरुको जवाफ सरकारले दिनुपर्ने बेला आएको छ । राजनीतिक दलहरुले समेत आफ्नो धरातल स्पष्ट गरी आफ्नो मौलिक र प्रगतिशील चेतनालाई सम्बोधन गर्न सक्नुपर्छ ।’

अध्यक्ष श्रेष्ठले साना राजनीतिक दलहरु बिना अहिलेको परिस्थितिमा सरकार बनाउने प्रयास सफल नहुने बताइन् ।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ३०, २०८० १४:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट