सुन तस्करीका मतियारको रुपमा महराविरुद्ध मुद्धा दर्ता हुने

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ७, २०८० 0९:११
सुन तस्करीका मतियारको रुपमा महराविरुद्ध मुद्धा दर्ता हुने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी प्रकरणमा सोमबार कपिलवस्तुबाट पक्राउ परेका पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई राजीनामा दिन आग्रह गरेका छन्।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकका क्रममा अध्यक्ष प्रचण्डले हाल नर्भिक अस्पतालमा भर्ना भएका महरालाई राजीनामा दिन सुझाएका हुन्।

बिहान बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा सहभागी अन्य नेताहरूले महराबारे आफैं निर्णय लिन प्रचण्डलाई सुझाएका थिए।

इलेक्ट्रिक सिगरेटमा लुकाएर भएको १४ किलो सुन तस्करी प्रकरणमा मुछिएका महरालाई यसअघि सरकारले पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वमा बनाएको जाँचबुझ आयोगले पनि कारबाही सिफारिस गरिसकेको छ।

आयोगको उक्त सिफारिसअनुसार महरालाई सुन तस्करीका मतियारका रुपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले हिरासतमा लिएको हो। यद्यपि काठमाडौं जिल्ला अदालतले उपचार व्यवस्था गर्न भनेपछि महरा अहिले नर्भिकमा भर्ना भएका छन्।

महरामाथि सुन तस्करलाई सहयोग गरेको अर्थात् मतियारको आरोपमा अनुसन्धान हुने भएको छ। सोमबार अदालतको अनुमति लिँदा नै प्रहरीले महरा संगठित रूपमा सुन तस्करी कसुर गर्न चिनियाँ मूलका दावाजिन वाङ समेतलाई सहयोग गरी संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ र दफा ४ बमोजिम मतियारको कसुरदारको रूपमा भूमिका निर्वाह गरेको आधार प्रस्तुत गरेको छ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ७, २०८० 0९:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट