रिडी पावरका पुर्व अध्यक्ष न्यौपाने गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ७, २०८० १0:0७
रिडी पावरका पुर्व अध्यक्ष न्यौपाने गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर

रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले उनलाई शेयरको भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि १५ चैतमा पेश गर्न आदेश दिएको छ । विशेष अदालतले आगामी १५ चैतमा उनीमाथि हुने सजाय निर्धारण गरी बिगो र जरिवाना समेत तोक्नेछ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई शेयरको भित्री कारोबारमा संलग्न रहेको ठहर्याई त्यसबाट कमाएको रकम समेत अवैध हुने ठहर गरेको हो ।

कम्पनीको भित्री सूचनाका आधारमा शेयर खरिद बिक्री गरी गैरकानूनी लाभ लिएको आरोपमा विभागले न्यौपानेविरुद्ध एक करोड ९९ लाख रुपैयाँ विगो माग दावी गर्दै गत २३ कात्तिकमा मुद्दा दायर गरेको थियो ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ७, २०८० १0:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट