जिल्ला सरकारी वकील कार्यालय काठमाडौँ पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिन सुरु गरेको छ ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका महराको बुधबारदेखि मात्रै बयान लिन सुरु गरिएको हो ।
उनी यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका थिए । उनलाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको थियो ।
अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ ।
निजलाई सिआइबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आज समाप्त हुने भएकाले बयान र अनुसन्धान नसकिए पुनः म्याद थप गरिने सिआइबीले जनाएको छ ।