कन्सर्ट हलमा गोली चल्दा १२ जनाको मृत्यु, ५० व्यक्ति घाइते

  • मिसन संवाददाता
  • शनिबार, चैत्र १०, २०८० 0७:३0
कन्सर्ट हलमा गोली चल्दा १२ जनाको मृत्यु, ५० व्यक्ति घाइते

रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा १२ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको छ।

रुसी समाचार एजेन्सीका अनुसार यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो। यहाँ कन्सर्ट हुन लागेको थियो।

बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गका अनुसार कन्सर्टअघि भेष बदलेर हलभित्र प्रवेश गरेका हतियारधारीहरूले अन्धाधुन्द गोली चलाउन थालेपछि आतंक मच्चिएको थियो।

  • मिसन संवाददाता
  • शनिबार, चैत्र १०, २०८० 0७:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट