दुर्गा प्रसाईंलाई मेडिकल कलेज सञ्चालनको बाटो खुल्यो : उनकै पक्षमा सर्वोच्चको फैसला

  • मिसन संवाददाता
  • सोमवार, चैत्र १२, २०८० १८:३४
दुर्गा प्रसाईंलाई मेडिकल कलेज सञ्चालनको बाटो खुल्यो : उनकै पक्षमा सर्वोच्चको फैसला

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मेडिकल कलेज सञ्चालनको बाटो खुलेको छ । सोमबार सर्वोच्च अदालतले प्रसाईंको पक्षमा फैसला गर्दै सम्बन्धन दिन आदेश जारी गरेको हो ।

न्यायाधीशहरू डा. कुमार चुडाँल र सारंगा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याउको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

आफू सञ्चालक रहेको बीएन्डसी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २ वटा रिट दायर गरेको थियो। प्रसाईले आफ्नो बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्वविद्यालयलयागत निकायका विरुद्ध २०७७ असारमा रिट दायर गरेका थिए। डा. गोविन्द केसीको अभियानका कारण आफ्नो व्यवसाय धरापमा परेको प्रसाईंको आरोप थियो।

सर्वोच्च अदालतले रिट निवेदककै पक्षमा रिट जारी गरेकाले अब दुर्गा प्रसाईंको लगानीमा रहेको झापाको बीएण्डसी मेडिकल कलेजले एमबिबिएस अध्यापन गराउन पाउने बाटो खुलेको छ ।

मेडिकल व्यवसाय हुँदै शीर्ष नेताहरूसँग समेत सम्बन्ध बनाएका प्रसाईले खोलेको उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ ।

सरकारले आशयपत्र प्रदान गरे अनुसार आफूले सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै प्रसाईले काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायतका निकायलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र १२, २०८० १८:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्