भ्रष्टाचार र अनियमितता अन्त्य गर्न रौतहटमा आईटी आर्मीले अधिकांश नगरपालिकामा बुझायो ज्ञापन पत्र

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ ३१, २०८० २0:३५
भ्रष्टाचार र अनियमितता अन्त्य गर्न रौतहटमा आईटी आर्मीले अधिकांश नगरपालिकामा बुझायो ज्ञापन पत्र

काठमाडौं । रौतहट जिल्लाको अधिकांश नगरपालिकामा भ्रष्टाचार र अनियमितता बढेको भन्दै आईटी आर्मीले ज्ञापन पत्र बुझाएको छ ।

आम जनता पार्टी निकट संगठन रिड मानिने आईटी आर्मीका टोलीले आज जिल्लाकाे कटहरिया, बौधीमाई, मौलापुर, परोहा, गुजरा, माधोपुर, चन्द्रपुर नगरपालिकामा नगर प्रमुख समक्ष ज्ञापन पत्र बुझाएको हो।

नगरपालिका स्थानीय सरकार भएको हुँदा नगरवासीले सरकारको महसुस गर्ने किसिमको कार्य नभएको र पालिकामा भ्रष्टाचार र अनियमितता व्याप्त रहेको हुँदा त्यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको आईटी आर्मी नगर समितिले जनाएको छ। नगर प्रमुखहरु अजय प्रकाश, प्रदीप यादव, संजय काफ्ले,रिना साह लगायत रौतहटको नगर प्रमूख समक्ष विभिन्न तीनबुँदे माग सहित ज्ञापन पत्र पेश गरेको र आईटी आर्मीले राखेको मागहरु सम्बोधन नभए बेवास्ता गरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको पूर्व मन्त्रि प्रभू साहको स्वकीय सचिव एवम मेयर प्रत्यासी विजय यादबले बताए ।

” देशमा आर्थिक मन्दीका कारण आम जनताको जनजिवन कष्टकर बन्दै गएको र आर्थिक संकटबाट सबै भन्दा बढी हाम्रो नगरपालिका प्रभावित भएकोछ । यस नगरपालिकामा आर्थिक उत्पादनको श्रोत साधन सिमित रहेको, परम्परागत खेतीप्रणलीमा आश्रित कृषि रहेको, व्यापार व्यवसाय सुक्दै गएको, बेरोजगार गुणात्मक ढंगले बढिरहेको तथा मजदूरहरु बाधयभएर कष्टकर बैदेशिक रोजगारबाट जिवनयापन गर्नु परेको अवस्था छ ।

यस्तो संकटपूर्ण अवस्थामा जनता माथी अनावश्यक करको भार थुपार्ने र जनताको खुन पसिनाबाट निर्माण भएको सरकारी बजेटलाई केही मुठ्ठीभर निर्वाचित जनप्रतिनिधिहरु आफु खुशी भागवण्डा गरि चाटने कार्यले नगरको बिकास सम्भव छैन ।
जनताको पिरमार्कामा राज्यको विभिन्न निकाय र तहहरुद्वारा सहयोग गर्नुको सट्टा आज कर आतंक खडा गरिएकोछ ।

जनताको आमदानीमा कर लिने तर उत्पादन नोक्सान हुदा वा घाटामा पर्दा हेर्न समेत नआउने उल्टै समयमा कर नतिर्दा सजायको भागीदार बनाउने जस्ता जनबिरोधी कार्य खुलेआम भईरहेकोछ । यो नगरपालिकाले समेत जन्मिदा देखि मर्दा सम्म अर्थात जन्मदर्ता देखि मृत्युदर्तासम्म समेत कर लगाउने, कर संकलन तथा सदुपयोग नगर्ने, आन्तरिक राजस्वलाई समेत पारदर्शी नबनाउने जस्ता कार्य गरिरहेकोछ ।

यस्ता गलत कार्यहरु पुनः हुन न दिन र जनताका अधारभूत समस्या समयमा समाधान गर्न तथा यस नगरपालिका प्रति आम जनताको विश्वसनियता अभिवृद्धि गर्न निम्न मागहरु सहित यो ज्ञापन पत्र पेश गर्दछौ ।

१. नगरपालिकाले शून्य कर नीति लागू गरोस अर्थात् जनताबाट उठाउने प्रत्येक कर माफ होस् ।

२. नगरपालिकामा बसोवास गर्ने सम्पूर्ण जनताको बिजुली र पानी महशुल फ्रि होस् ।

३. यस नगरपालिकामा भइरहेको सम्पूर्ण भागवण्डा बन्द होस् ।

अन्त्यमा, हाम्रा मागहरु प्रति बेवस्ता गरिएमा हामी चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौ ।”

ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ ३१, २०८० २0:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट