काठमाडौँ । कोरोना महामारीका कारण जारी गरिएको यात्रा प्रतिबन्ध हटाइएपछि युरोपेली मुलुकमा शरण खोज्नेहरूको सङ्ख्या अनपेक्षित रूपमा बढेको छ । यात्रा प्रतिबन्ध हटाएपछि युरोपेली सङ्घमा दश लाख जनाले शरणका लागि आवेदन गरेका छन् । यो विगत सात वर्ष यताकै उच्च हो ।
शरणार्थीसम्बन्धी युरोपेली सङ्घको कार्यालयले सन् २०१६ पछि शरणका निम्ति आवेदन गर्नेको सङ्ख्या ५० प्रतिशतले बढेको छ । उक्त कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार गत वर्षको अन्त्यमा कोभिड–१९ स्वास्थ्य सुरक्षा मापदण्ड हटाइएपछि नर्वे र स्विट्जरल्याण्डबाहेक सङ्घमा आवद्ध देशमा दशलाख आप्रवासीले शरणार्थीको दर्जा प्राप्त गर्न आवेदन दर्ता गरेका छन् ।