नेकपा माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक आजै बस्ने

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १४:२१
नेकपा माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक आजै बस्ने

काठमाडौं । नेकपा माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक आजै बस्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेताहरुले बिहीबार एकीकृत समाजवादीका नेताहसँग छलफल गरेका थिए । सिंहदरबारमा भएको छलफलमा एकीकृत समाजवादीका नेताहरुले माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिएका छन । प्रधानमन्त्रीले म पनि एकदमै सहमत छु भनेर सहमति जनाएका छन भने नेपाली कांग्रेससँग पनि कुरा गरौं भन्नुभएको एक नेताले जानकारी दिनुभयो।
कांग्रेससँग साँझ ५ बजे छलफल गर्ने तयारी छ । त्यसअघि ३ बजे माओवादी, जसपा र एकीकृत समाजवादीका नेताहरुबीच छलफल गर्ने सहमति भएको छ ।

 

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ११, २०७९ १४:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट