आधुनिक प्रविधिबाट ऊर्जा खपत न्यूनीकरण हुने :

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ 0७:0३
आधुनिक प्रविधिबाट ऊर्जा खपत न्यूनीकरण हुने :

काठमाडौं ।  आधुनिक प्रविधिबाट ऊर्जा खपत न्यूनीकरण हुने भएकाे छ ।

उत्पादन विभागको तापक्रम र आर्द्रता स्तर स्थिर राख्न औषधि उद्योगमा तापन, वायु-संचार र वातानुकूलित प्रणाली (एचभिएसी) प्रयोग गरिन्छ । उच्च ऊर्जा खपतको कारण एचभिएसी संचालनको लागत अत्यधिक हुने र औषधि उद्योगको सबैभन्दा बढी ऊर्जा खपत गर्ने इकाई हो । यसले औसतमा कुल ऊर्जाको ६५ प्रतिशत प्रयोग गर्छ जुन १० मेगावाट बराबरको ऊर्जा हो ।

नेपालकाे औद्योगिक क्षेत्रले प्रयोग गर्ने कुल ऊर्जाको करिब ११ प्रतिशत उर्जा हो । नेपालको औषधी उद्योगले यो ऊर्जा खपतलाई न्यूनीकरण गर्न र उत्पादन लागत घटाउने दिशातर्फ अघि बढ्नुपर्छ ।  काठमाडौं विश्वविद्यालयको फार्मेसी विभागको प्रयोगमा रहेको एचभिएसी प्रणालीको हालको मोडेलसँग संयोजन गर्ने योजना बनाइएको छ । सुक्ष्म वैज्ञानिक अनुसन्धानका साथ एचभिएसी प्रणालीमा ऊर्जा खपत कम गर्न सक्ने ऊर्जा स्रोतको विकल्पको सम्भावना पत्ता लगाउन लागि इएटिएचइको प्रोटोटाइप मापन, विश्लेषण, अनुकूलन र डिजाइन गरिनेछ  ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ 0७:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट