विश्वासको मत नदिने एमालेको निर्णय

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ १३:३८
विश्वासको मत नदिने एमालेको निर्णय

नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थि संसद् भवनमा आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत दिन नसक्ने निर्णय गरेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । “सरकारलाई विश्वासको मत नदिने निर्णय भएको छ”, बैठकपछि उहाँले भन्नुभयो, “सरकारले स्थिरता, विकास र समृद्धिका पक्षमा विश्वास लाग्दो आधार निर्माण गर्ने परिस्थिति विकास नगरेकाले मत दिन नसकिने निर्णय भएको हो ।” संसद्भित्र जनता र देशको भावनालाई प्रतिपक्षको बेञ्चबाट सशक्त, सिर्जनात्मक र रचनात्मक भूमिका निर्वाह गर्ने, सरकारलाई संसद्प्रति जवाफदेही बनाउने, संसदीय मूल्य मान्यतालाई स्थापित गर्दै अघि बढ्ने निर्णय भएको उहाँको भनाइ छ ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ १३:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट