बालुवाटारमा गोली चल्दा वर्षमानकी आमा घाइते, को हुन् गोली चलाउने व्यक्ति ?

  • मिसन संवाददाता
  • शनिबार, बैशाख २, २०८० १४:१३
बालुवाटारमा गोली चल्दा वर्षमानकी आमा घाइते, को हुन् गोली चलाउने व्यक्ति ?

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको खुलेको छ ।

शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी थिइन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको छ ।

स्रोतका अनुसार उनी नेता पुनका नातेदारसमेत हुन् । रोल्पामा उनीहरु छिमेकी समेत भएको पुन निकट स्रोतले जनाएको छ । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् ।

  • मिसन संवाददाता
  • शनिबार, बैशाख २, २०८० १४:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट