भुटानी शरणार्थी प्रकरणमा  पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका बालकृष्ण खाँण पक्राउ

  • मिसन संवाददाता
  • बुधबार, बैशाख २७, २०८० १0:२८
भुटानी शरणार्थी प्रकरणमा  पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका बालकृष्ण खाँण पक्राउ

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा  पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।

भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट  पक्राउ गरेको हो । उनलाई प्रहरी परिसर टेकु लगिएको छ । योसँगै यस प्रकरणमा पक्रउ पर्नेको संख्या ११ पुगेको छ ।

यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ  रामशरण केसी, गोविन्द चौधरी र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ। टोपबहादुर रायमाझी भने फरार नै रहेका छन ।

  • मिसन संवाददाता
  • बुधबार, बैशाख २७, २०८० १0:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट