बाँकेमा बसको ठक्करबाट २ जनाको मृत्यु

  • मिसन संवाददाता
  • मङ्लबार, जेष्ठ १६, २०८० २0:५८
बाँकेमा बसको ठक्करबाट २ जनाको मृत्यु

काठमाडौं । बाँकेमा कार र बस ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोली नजिकै आज दिउँसो करिब साढे चार बजे पूर्वतर्फँ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जादै गरेको बा १३ च ८२५३ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुपन्देहीकी  ५३ वर्षकी डा‍. सञ्जु खाती खड्का र कार चालक गोरखाका अन्दाजी ३४ वर्षका सुवास अधिकारी रहेका छन् ।

दुवै जनाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हाे ।

दुर्घटनामा परी बसमा सवार ६ जना सामान्य घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, जेष्ठ १६, २०८० २0:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट