५८ टिम सहभागी फुटबल खेल सुरु

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ ४, २०८० 0७:४७
५८ टिम सहभागी फुटबल खेल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल र पिपुल्स भोलियन्टरद्धारा मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित ५८ टिम सहभागी फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।

काठमाडौंको मनमैजुस्थित फुटबल ग्राउण्डमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतियोगितको उद्घाटन गरेका हुन् ।

खेलमा देशभरिबाट करिब एक हजार एक सय खेलाडीको सहभागीता रहेको छ । ५८ टिम सहभागि फुटबलको उद्घाटन समारोहमा आज दुई मैत्रीपूर्ण खेल भए । युवा संघ बाग्मती प्रदेश र नेपाल भोटे युवा संघ टिम बिचको खेलमा कविन्द्र गुरुङ म्यान अफ दि म्याच भए । त्यस्तै, दोश्रो खेल युवासंघ नेपाल पाँचखाल र योङ एण्ड वाईज् टिमबीचको खेलमा जिम लिम्बु मेन अफ द म्याच बन्न सफल भए ।

८ गतेसम्म सञ्चालन हुने खेल भोली बिहान ८ देखि कार्यतालिका अनुसार सञ्चालन हुने युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष नितेश पौडेलले बताए । फुटबल प्रतियोगितामा पहिलो हुने टिमले नगत तीन लाख रुपैंयासहित प्रमाणपत्र, दोश्रो हुनेले २ लाख नगद र तेश्रो हुनेले एक लाख नगद पुरस्कार पाउने छन् ।

फुटबल प्रतियोगितको उद्घाटन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी खेलकुद क्षेत्रको विकासको लागि प्रतिबद्ध रहेको बताए । खुलकुदको मार्फत खेलाडीले अन्र्तराष्ट्रिय स्तरमा नेपालको नाम राख्ने गरेकाले सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने अध्यक्ष नेपालको भनाई थियो । खेलाडिको वृद्धि विकास र जीविको पार्जनको लागि आफुले सरकारसंग पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले पछिल्लो समय युवा शक्तिमाझ खेदकुद प्रति आकर्षण बढ्दै गइरहेको भन्दै युवा शक्तिको सदुपयोग गर्नुपर्ने बताए ।

त्यस्तै, एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा युवा फाँट इन्चार्ज दिलु पन्त, केन्द्रीय सदस्य हस्तबहादुर शाही, युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष नितेश पौडेललगायतले खेलकुद र खेलाडीमा राज्यले पर्याप्त लगानी गर्न नसकेको भन्दै आगामि दिनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको युवा संघका सचिव फुर्वा तामाङले बताए ।

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ ४, २०८० 0७:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट