बाँसबारीको जग्गा खाने चौधरीलाई छाड्ने न्यायाधिशको कर्णाली सरुवा

  • मिसन संवाददाता
  • सोमवार, माघ २९, २०८० १0:२६
बाँसबारीको जग्गा खाने चौधरीलाई छाड्ने न्यायाधिशको कर्णाली सरुवा

काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गरेका न्यायाधीश आचार्यलाई कारबाही स्वरूप मुगु काज सरुवा गरिएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार आचार्यलाई काठमाडौं जिल्ला अदालतबाट मुगु जिल्ला अदालतमा पठाएका हुन् ।

गत सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सिआइबीलाई आदेश दिएको थियो ।

त्यसपछि अरुण चौधरी, अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई दुई दिनमा हाजिरी जमानीमा सिआइबीले छोडेको थियो ।

न्यायाधीश आचार्यको एकल इजलासले उनीहरूलाई दुई दिनमा रिहा गर्न २२ माघमा आदेश गरेको थियो । अनुसन्धान नसकिँदै रिहा गर्न आदेश दिएपछि न्यायालयमाथि चौतर्फी विरोध भएको थियो ।

  • मिसन संवाददाता
  • सोमवार, माघ २९, २०८० १0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट