आम जनता पार्टी, हुमागाईंको अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ ११, २०८० १७:२३
आम जनता पार्टी, हुमागाईंको अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन

काठमाडौं ।आम जनता पार्टी (आजपा) को सम्पन्न सर्लाही जिल्ला भेलाले तुलसी प्रसाद हुमागाईंको अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।

ईश्वरपुर नगरपालिकाको व्यलबासमा भएको भेलाको उदघाटन आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले गरेका थिए । भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले पार्टीको कमिटीहरु पालिका, वडा स्तरमा गठन, पुर्नगठन गर्न निर्देशन दिए ।

आजपा महासचिव उपेन्द्र साहका अनुसार सर्लाहीको जिल्ला इन्चार्जमा दिपक कुमार रानाभाट रहेका छन् । कमिटीको अध्यक्षमा तुलसी कुमार हुमागाईं र उपाअध्यक्षमा सुरेश राय यादव, गंगा भण्डारी, प्रमोद साह रहेका छन् । सचिवमा नविन साह रहेका छन् ।

यसैगरी जिल्ला सदस्यहरुमा हरी सापकोटा, सिताराम मण्डल, राजाराम चौधरी, बालेश्वर महतो, लक्षमण यादव, उमेश पासवान, अमण यादव, सिकल देवी , राजकली देवी यादव , कृषनदन साह, पलट महतो, कविराज उप्रेती, सविना माझी, लालबाबु ठाकुर, फतिमा खातुन, उदय पंडित, संतोष बराल,लखन महतो, शिवनारायण चौधरी, किशोरी साह
लगायतका रहेका आजपा महासचिव उपेन्द्र साहले बताए ।

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ ११, २०८० १७:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट