काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्ने आरोपी केशव तुलाधरकी श्रीमती लक्ष्मी महर्जन हुन् । उनलाई जिल्ला प्रहरी परिसर, टेकुको टोलीले शुक्रबार पक्राउ गरेको हाे ।
पीडितहरुबाट उठाइएको रकम उनको नामको खातामा आएको देखिएपछि उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
यस प्रकरणमा प्रहरीले दुई दिनअघि ३० जना आरोपीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
किर्ते, संगठित ठगी र राज्यविरुद्धको कसूरमा मुद्दा चलाइएकाहरु विरुद्ध जिल्ला अदालत, काठमाडौंमा थुनछेक बयान जारी छ ।