सांसद विकास कोष लिएर वडाध्यक्षको लेबलमा आउनुभयो : बालेन शाह

  • मिसन संवाददाता
  • मङ्लबार, जेष्ठ १६, २०८० १२:२२
सांसद विकास कोष लिएर वडाध्यक्षको लेबलमा आउनुभयो : बालेन शाह

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ को बजेटबाट सांसद विकास कोष व्युँतिएपछि बालेनले सो टिप्पणी गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले सो कोषको रकम पाउने भएपछि सांसदहरू वडाध्यक्षको तहमा आएको उल्लेख गरेका हुन् ।

‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरू, बालेनले फेसबुकमा लेखेका छन् ।

 

 

  • मिसन संवाददाता
  • मङ्लबार, जेष्ठ १६, २०८० १२:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्