नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

  • मिसन संवाददाता
  • शुक्रबार, असार १, २०८० १८:३३
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

जिल्ला अदालत, काठमाडौँले शुक्रबार सो आदेश दिएको हो।न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पूर्व गृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो।

न्यायाधीश न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाडेकाे छ ।

मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आदेश दिएका छन् ।

  • मिसन संवाददाता
  • शुक्रबार, असार १, २०८० १८:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट