प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक

  • मिसन संवाददाता
  • बुधबार, असार २७, २०८० 0९:३५
प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे पत्नी सीता दाहालको निधन भएको छ ।

आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा  ‘कार्डियक अरेष्ट’ काे  कारण उनकाे निधन भएको अस्पतालले जनाएको छ ।

सीता दाहाल लामो समयदेखि पीएसपी रोगबाट ग्रस्त थिइन ।दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

  • मिसन संवाददाता
  • बुधबार, असार २७, २०८० 0९:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट