राष्ट्रिय सभा निर्वाचनमा भाग लिने दलहरूले आज चुनाव चिह्न पाउने

  • मिसन संवाददाता
  • आइतवार, पुस १, २०८० 0९:१७
राष्ट्रिय सभा निर्वाचनमा भाग लिने दलहरूले आज चुनाव चिह्न पाउने

राष्ट्रिय सभा निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले आज चुनाव चिह्न पाउने भएका छन्।

राष्ट्रिय सभा चुनावमा भाग लिनका लागि १२ दलहरुले शुक्रबार निवेदन दिएका थिए। निर्वाचन आयोगमा दर्ता भएका सबै दललाई आयोगले आज चुनाव चिह्न दिने भएको हो।

दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ।

फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ। माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ। एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन्।

  • मिसन संवाददाता
  • आइतवार, पुस १, २०८० 0९:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट