एनसेलकाे सेयर खरिदबिक्रीसम्बन्धी प्रतिवेदन १५ माघभित्र बुझाईने

  • मिसन संवाददाता
  • बिहिबार, माघ ४, २०८० १४:१३
एनसेलकाे सेयर खरिदबिक्रीसम्बन्धी प्रतिवेदन १५ माघभित्र बुझाईने

एनसेल सेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने भएको तयारी गरिएको छ । टंकमणि शर्मा नेतृत्वको समितिले प्रतिवेदन बुझाउने तयारी गरेको हो ।

आज प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समितिले माघ १५ गतेभित्र प्रतिवेदन बुझाउने जानकारी गराएकी हुन् ।

गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा एनसेलको सेयर खरिद–बिक्रीबारे छानबिन समिति गठन गरेको थियो । समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, सहसचिव बाबुराम भण्डारी र सुजनकुमार काफ्ले सदस्य छन् । यो समितिलाई प्रतिवेदन तयार गर्न एक महिनाको समय दिइएको थियो । त्यसमा पछि १५ दिनको सयय थपिएको थियो ।

आजियाटाले रेजोल्ड्स होल्डिङ्समा रहेको आफ्नो ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको थियो । शेयर खरिद गरेको भन्दा कम मूल्यमा बिक्री गरेको भन्दै यसबारे विवाद सिर्जना भएको थियो ।

  • मिसन संवाददाता
  • बिहिबार, माघ ४, २०८० १४:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट