लार्केलबाट सुरु भएको रुपान्तरण अभियान गोकर्ण पुगेर समापन : लेखनाथ

  • मिसन संवाददाता
  • आइतवार, पुस १, २०८० 0९:३५
लार्केलबाट सुरु भएको रुपान्तरण अभियान गोकर्ण पुगेर समापन : लेखनाथ

नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट शुरु भएको रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन’ भएको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपानेले सामाजिक सन्जालमार्फत् प्रचण्डप्रति कटाक्ष गरेका हुन् ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारले विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि पार्टीभित्रै आलोचना भएको थियो ।

पूर्व राज्यमन्त्री तथा तत्कालीन संविधानसभा सदस्य लामा ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पटक-पटक पक्राउ पर्ने गरेका थिए । उनैलाई प्रचण्डले पाँच वर्षका लागि लुम्बिनी विकास कोषको उपाध्यक्षमा गत साउनमा नियुक्त गरेपछि सरकारको आलोचना भएको थियो ।

अहिले फेरि प्रचण्डकी नातिनी (भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालकी छोरी)को बिहे शुक्रबार गोकर्ण फरेष्ट रिसोर्टमा भव्यरुपमा गरिएको विषयलाई लिएर पनि कतिपयले आलोचना गरिरहेका छन् ।

नेतृत्वको आलोचना गर्न नडराउने नेताको रुपमा चिनिने लेखनाथ न्यौपानेले लुम्बिनी विकास कोषमा विवादित लामाको नियुक्ति र प्रचण्डकी नातिनीको बिहेको सन्दर्भ जोडेर सामाजिक सन्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

  • मिसन संवाददाता
  • आइतवार, पुस १, २०८० 0९:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट