बालेनले मेरो कुरा सुन्दै नसुनी हिंडे : प्रचण्ड

  • मिसन संवाददाता
  • सोमवार, पुस २, २०८० १४:१६
बालेनले मेरो कुरा सुन्दै नसुनी हिंडे : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को ‘शैली’प्रति असन्तुष्टि जनाएका छन्। आफ्नो प्रश्न राख्ने, तर जवाफ सुन्ने धैर्यता नराखेको भन्दै प्रधानमन्त्री प्रचण्डले बालेनको शैलीप्रति असन्तुष्टि जनाए।

ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथि थिए। कार्यक्रममा काठमाडौंका मेयर बालेन पनि अतिथिको रुपमा उपस्थित थिए।

बालेनको मन्तब्य :

‘केही कुराहरु संघीय कानुन र स्थानीय कानुनमा बाझिएका छन्। जस्तै फोहोर व्यवस्थापन बञ्चरे डाँडामा गर्दै आएका छौँ। त्यसलाई स्थानीय सरकार आफैँले गर्ने कुरालाई बाधा अड्चन परेको छ, कानुनी बाधा अड्चन फुकाइदिनुहुन सम्माननीय (प्रधानमन्त्री)ज्युलाई आग्रह र अनुरोध गरेँ। जसकारण उपत्यकाको फोहोर व्यवस्थापन ५ होइन, ५० होइन सयौँ वर्षका लागि दीर्घकालीन होस् भन्ने चाहना छ। काठमाडौंमा खोला अतिक्रमण छ, ललितपुरमा छैन, काठमाडौंमा फुटपाथ अतिक्रमण छैन, ललितपुरमा छ, एकदिन सबै फुक्छ। कुनै अतिक्रमण स्थानीय तहले रोक्न सक्छौँ, तर खोला अतिक्रमण सम्माननीय ज्युले चाहनुभयो भने अर्को कार्यक्रममा जान लाग्ने समयजतिमा समाधान हुन्छ। ५ मिनेटदेखि १ घण्टामा मात्रै सकिन्छ। त्यो मेयरहरुले मात्रै सक्दैन।

प्रचण्डको मन्तब्य :

‘उहाँले भन्नुभयो यहाँबाट निस्किनेबित्तिकै हुन्छ, म बालेन्द्रजीलाई के भन्न चाहन्छु भने बालेन्द्र जी तपाईंले चाहे त्यो बागमतीमा बसेको हस्तक्षेपको कुरालाई लिएर होस् वा तीनकुनेको कुरालाई लिएर होस् वा फोहोरमैला व्यवस्थापनको निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्ने बारेमा कति पटक सिंहदरबारमा बैठक भयो? के अहिलेको प्रधानमन्त्री जत्तिकै सकारात्मक र रचनात्मक ढंगले यो समस्या समाधान गर्न समन्वय गरेको अर्को कसैले देख्नुभएको छ। तपाईं त्यसलाई रिकोग्नाइज गर्न किन डराउनुहुन्छ? तपाई काठमाडौं महानगरको मेयर भएको नाताले उपत्यकाका अरु नगरपालिकालाई समन्वयन गर्ने बढी जिम्मेवारी छ। मैले बढी सहयोग तपाईंलाई गर्छु भनेर भनेको कुरा गर्न केले रोक्यो? प्रधानमन्त्रीले बल गरिरहेको छ भन्न केले रोक्यो?’ फोटो स्रोत : सेतोपाटी

  • मिसन संवाददाता
  • सोमवार, पुस २, २०८० १४:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्