भारतीय संसदका ७८ सांसद् निलम्बित

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० 0९:३९
भारतीय संसदका ७८ सांसद् निलम्बित

भारतीय संसदका ७८ सांसद् निलम्बित भएका छन्। विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै निलम्बन गरिएको हो।

उनीहरुलाई जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको हो। भारतीय संसदको तल्लो सदन (लोकसभा)का ३३ र माथिल्लो सदन (राज्यसभा) का ४५ जना सांसद निलम्बनमा परेका हुन्। यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ।

गत साता लोकसभाका १३ र राज्यसभाका एक गरी १४ सांसदलाई सदनको कार्यवाहीका क्रममा ‘अमर्यादित आचरण’ गरेको भन्दै निलम्बित गरिएको थियो। निलम्बनपछि लोकसभाको नियमित कारबाही दिनभरका लागि स्थगित गरिएको थियो।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० 0९:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट