कार्यकाल सकिने बेला राष्ट्रियसभा अध्यक्षले भने : विवादकै बीच नागरिकता ऐन पारित भयो

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० ११:00
कार्यकाल सकिने बेला राष्ट्रियसभा अध्यक्षले भने : विवादकै बीच नागरिकता ऐन पारित भयो

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विवादकै बीच संसद्बाट नागरिकता ऐन पारित भएको बताएका छन् । विवाह हुनेबित्तिकै विदेशी ‘चेली’ले नेपाली नागरिकता पाउने विषय भने अझै बहसमा रहेको उनले बताए । तिमिल्सिनाको कार्यकाल सकिँदै छ ।

मंगलबार बिहान महिला कानुन र विकास समाजद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले छिमेकी देश भारतमा सोसम्बन्धी सात वर्षको प्रावधान रहेको उल्लेख गरे ।

“विवाह हुनेबित्तिकै विदेशी चेलीले नेपाली नागरिकता पाउने विषय बहसमा छ । विवादकै बीच नागरिकता ऐन पास भएको छ,” उनले भने, “छिमेकी देश भारतमा सात वर्षको प्रावधान छ ।”

देशको भूराजनीतिक स्थितिका कारण सबै अवस्था एकै र सहज हुन्छ भन्ने नभएको उनले स्पष्ट पारे । यी विषयमा छलफल गर्नुपर्नेमा उनले जोड दिए ।

“भारतसँग सम्बन्धमा केही खटपटले एउटा धारणा बन्ने गरेको छ । यसले राष्ट्रियतामा आशंकाहरू बढाउने गर्छन् । यो स्वाभाविक होला र यी विषयमा छलफल गर्नुपर्छ,” अध्यक्ष तिमिल्सिनाले भने, “देशको भूराजनीतिक अवस्थाको कारणले सबै अवस्था एकै र सहज हुन्छ भन्ने छैन । यी विषयमा छलफल गर्नुपर्छ ।”

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० ११:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट