लुम्बिनी प्रदेशका छ विषयगत समितिको निर्वाचन पुस १७ गते हुने

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १२:0१
लुम्बिनी प्रदेशका छ विषयगत समितिको निर्वाचन पुस १७ गते हुने

दाङ।लुम्बिनी प्रदेशमा छ विषयगत समितिको सभापतिको निर्वाचन हुने भएको छ ।
प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनले एक सूचना जारी गरी यही पुस १७ गते निर्वाचनको मिति तय गरिएको जानकारी दिनु भयाे ।

लुम्बिनीमा लामो समयदेखि विषयगत समितिले नेतृत्व पाउन सकेका थिएनन् । सचिव पुनका अनुसार प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि वन तथा वातावरण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समितिको निर्वाचन हुन लागेको हो ।

यसका लागि १६ गते उम्मेदवारी दर्ता हुने सचिव पुनले बताउनुभयाे ।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १२:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट