वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो प्रर्दशन

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ ११, २०८० १९:0९
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो प्रर्दशन

काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो प्रर्दशन भएकाे  छ ।

बिहीबार मत्स्येन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको र चौथो दिन भोटो  प्रर्दशन भएकाे हाे । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् ।

यस अवसरमा राष्ट्रपति पौडेलले रातो मत्स्येन्द्रनाको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरेका हुन् । पाैडेलले जीवित देवी कुमारीको दर्शन  गर्नु भयाे ।

भोटो प्रर्दशन जात्रामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल , सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरु सहभागी भएका थिए  ।

  • मिसन संवाददाता
  • बिहिबार, जेष्ठ ११, २०८० १९:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट