गर्लफ्रेन्डको कपडा लगाएर उसैको परिक्षा दिन जाने युवा समातिए

  • मिसन संवाददाता
  • बुधबार, माघ ३, २०८० 0८:२३
गर्लफ्रेन्डको कपडा लगाएर उसैको परिक्षा दिन जाने युवा समातिए

भारतको पञ्जावबाट रोचक घटना बाहिरिएको छ। एकजना युवकले आफ्नो हुलिया युवतीको जस्तो बनाएर परीक्षा हलमा पुगेका बेला समातिएका छन्।

केटाबाट केटीको स्वरुपमा त परिणत भए नै त्यससँगै उनले लुगा पनि प्रेमिकाकै लगाएका थिए। आफ्नी प्रेमिकाको साटो परीक्षा दिन केटीको हुलियामा पुगेका ती युवक अहिले समातिएर प्रहरीको हिरासतमा छन्।

यही ७ जनवरीमा पञ्जावको कोटकपुरास्थित डीएभी पब्लिक स्कुलमा बाबा फरिद विश्वविद्यालय हेल्थ साइन्सेजद्वारा आयोजित स्वास्थ्यकर्मीको भर्ना परीक्षा हुँदै थियो।

अंग्रेज सिंह नामका ती युवक उक्त परीक्षामा सहभागी हुन युवती बनेर पुगे। अंग्रेज सिंह रातो चुरा, रातै टीका र लिपस्टिकसहित मेकअपले सजिएका थिए।

पुलिसले अहिले यो मामिलाको जाँच गरिरहेको छ। उनी कुनै गिरोहको हिस्सा हुन सक्ने आशंकामा उनीमाथि छानबिन चलिरहेको छ।

  • मिसन संवाददाता
  • बुधबार, माघ ३, २०८० 0८:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट