एसीसी महिला प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ४, २०८० १५:५६
एसीसी महिला प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल

मलेसियासँग ४ विकेटले पराजित हँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा मलेसियासँग पराजित भएसँगै नेपालको यसै वर्ष हुने टी–२० एसिया कप खेल्ने सपना समेत अधुरै रहेको छ।

नेपाललाई हराएको मलेसियाले फाइनलमा स्थान बनाउनुका साथै एसिया कपमा समेत स्थान पक्का गर्‍यो।

मलेसियाले अब उपाधिका लागि आइतबार युएईसँग खेल्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा युएईले थाइल्यान्डमाथि ४ विकेटको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो।

नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन ४, २०८० १५:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट