बढुवाको मुखैमा जर्नेललाई ‘खड्को’ : नक्कली सर्टिफिकेटको उजुरी !

  • मिसन संवाददाता
  • सोमवार, माघ १५, २०८० १६:५८
बढुवाको मुखैमा जर्नेललाई ‘खड्को’ : नक्कली सर्टिफिकेटको उजुरी !

२०८० पुस ११ मा नेपाली सेनाको बलाध्यक्ष रथी बढुवाका लागि सिफारिस भएका उपरथी निर्मल कुमार थापाको शैक्षिक प्रमाण पत्र नक्कली भएकाे भन्दै छानबिनका लागि रक्षा मन्त्रालयमा उजुरी परेको छ । पुर्व सैनिक अधिकृतहरुले आज उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का समक्ष उजुरी पेश गरेका हुन् ।

यसअघि उपरथी थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत निवेदन परेको छ ।

उजुरीमा उपरथी थापाले २०३९ साल फागुण महिनामा संचालित एसएलसी परीक्षा द्वितीय श्रेणीमा आनन्दकुटी विद्यापिठ, स्वयम्भुबाट द्वितीय श्रेणीमा उतीर्ण गरी २०४० सालमा अमृत साईन्स कलेज लैनचौरमा भर्ना भई २०४१ सालमा अनुतीर्ण भएपछि २०४२ सालमा भारत उत्तर प्रदेश स्थित सुपोल कलेजबाट आई.एस्सी प्रथम श्रेणीको मार्कसिट ल्याई २०४३ सालमा सेनाको सहायक सेनानीमा भर्ना भएको बताईएको छ।

थापाले आफ्ना सिनियर अधिकृतहरुको विरोध गर्दै विवादित बनाई आगामी भाद्र २४ गते रिक्त हुने प्रधान सेनापति बन्ने उद्देश्यमा भएको उजुरीमा उल्लेख छ ।

थापाले हाल पुष महिनामा नेपाल आई केही दिन होटल हिमालयको कोठा नं. २०८ मा बसी आफ्ना नजिकका पत्रकारहरु र शक्ति केन्द्रका व्यक्तिहरुसँग छलफल गरी आगामी प्रधान सेनापति आफु हुने वातावरण बनाउन सर-सल्लाह गरेको उजुरीमा उल्लेख छ। शैक्षिक प्रमाणपत्रकै विवादमा केहि समयअघि रथी ताराध्वज खड्का प्रधानसेनापति बन्ने मुखैमा राजिनामा दिएर घर फर्किएका थिए ।

  • मिसन संवाददाता
  • सोमवार, माघ १५, २०८० १६:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट