सासु मन्त्री हुँदा खाएको नियुक्ति अमेरिकाको पिआरले डुबायो !

  • मिसन संवाददाता
  • मङ्लबार, माघ १६, २०८० १४:00
सासु मन्त्री हुँदा खाएको नियुक्ति अमेरिकाको पिआरले डुबायो !

अमेरिकाको अमेरिकाको पिआर (स्थायी बसोबास अनुमति) लिएको खुलेपछि समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले राजीनामा दिएकी छन्।

तत्कालीन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीकी बुहारी उनले पिआर प्रकरण र समाजकल्याणको नियुक्तिबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि राजीनामा दिएकी हुन्।

अधिकारीलाई तत्कालीन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले चर्को विरोध हुँदा हुँदै पनि २०७८ मंसिर तेस्रो साता समाजकल्याण परिषद्को उपाध्यक्ष बनाएकी थिइन्।

मोनिकासँग अमेरिकी पिआर रहेको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ। अख्तियारले यसबारेमा छानबिन थालेपछि कारबाहीबाट जोगिन मोनिकाले पद त्यागेकी हुन्।

  • मिसन संवाददाता
  • मङ्लबार, माघ १६, २०८० १४:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट