तोशिमाको कडा प्रश्न : चोर्ने उपकुलपतिले कति अंक पाए ?

  • मिसन संवाददाता
  • सोमवार, माघ २९, २०८० १४:३६
तोशिमाको कडा प्रश्न : चोर्ने उपकुलपतिले कति अंक पाए ?

त्रिभुवन विश्वविद्यालयको नयाँ उपकूलपतिको नियुक्तिलाई लिएर विवाद उत्पन्न भएको छ । त्रिविको उपकुलपति नियुक्तिको लागि नाम सिफारिस गर्न गठित समितिले १४ जनाको नाम सार्वजनिक गरेपछि विवाद उत्पन्न भएको हो ।

उपकुलपतिको लागि खुलाएको विज्ञापनमा ४३ जनाले दर्खास्त दिएका थिए । उपकुलपति छनोट कार्यविधिमा १५ जनाको नाम सर्टलिट गर्नु पर्नेमा १४ जनाको नाम मात्रै समावेश गरिएको थियो । जसमा परेकाहरुको विगतलाई लिएर विभिन्न क्षेत्रका पाज्ञहरुले आपत्ति जनाउँदै आएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उक्त सूचीमा पर्नेमा कुसुम शाक्य, केशरजङ्ग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायण बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा रहेका छन्।

त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेको समिति गठन गरेका थिए । हाल शिक्षाध्यक्ष शिवलाल भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ ।

उक्त सर्टलिस्टमा परेका पूर्व उपकूलपति तिर्थराज खनिँयाको विषयलाई लिएर रास्वपाकी सांसद तोशिमा कार्कीले पनि आपत्ति जनाएकी छन् । आज बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बोल्दै पूर्व राज्यमन्त्री कार्कीले शिक्षा सचिव सुरेश अधिकारीसमक्ष प्रश्नैप्रश्न तेर्साएकी छन् ।

सर्टलिस्ट गरिएका व्यक्तिहरूमाथि प्रश्न उठाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा। तोसिमा कार्कीले बौद्धिक चोरी गर्ने व्यक्तिलाई कति नम्बर दिएर सर्टलिस्टमा राखेको भन्दै प्रश्न गरेकी हुन् ।

भिसी छनोट समिति सदस्यसमेत रहेका शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीलाई सांसद कार्कीले प्रश्न गरेकी हुन् । सिफारिस समितिले योग्यताको आधारमा छनोट गरेको भनेको छ । त्यसरी छनोट गर्दा बौद्धिक चोरीलाई कति नम्बर दिएको हो ? उनले प्रश्न गरिन् । त्रिविको नेतृत्वमा रहेको बेला भ्रष्टाचार तथा अनियमितता गरेकोलाई सकारात्मक नम्बर दिएको कि नकरात्मक दिएर १४ जनाको सूचीमा सामेल गरेको भनेर उनले प्रश्न गरेकी हुन् ।

  • मिसन संवाददाता
  • सोमवार, माघ २९, २०८० १४:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट