कांग्रेस महामन्त्रीको प्रस्ताव : २०८२ मंसिर मसान्तसम्म महाधिवेशन

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १७:00
कांग्रेस महामन्त्रीको प्रस्ताव : २०८२ मंसिर मसान्तसम्म महाधिवेशन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तसम्म गर्न प्रस्ताव गरेका छन्। बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको सांगठनिक प्रस्ताव पेस गर्दै महामन्त्री थापाले यस्तो प्रस्ताव गरेका हुन्।

थापाको प्रतिवेदनमा २०८२ साल भदौ मसान्त भित्र प्रदेश सभा क्षेत्रीय अधिवेशन, त्यही वर्षको भदौ मसान्त भित्रै प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र केन्द्रीय महाधिवेशन प्रतिनिधि, केन्द्रीय महासमिति सदस्य चयन गर्न प्रस्ताव गरेका छन्।

२०८२ को असोजमसान्त भित्र जिल्ला अधिवेशन, जनसम्पर्क समितिको अधिवेशन, कात्तिक मसान्त भित्र प्रदेश अधिवेशन गर्न थापाको प्रस्ताव छ।

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन ३, २०८० १७:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट