फारुकीले जिते ‘बिग बोस-१७’ को उपाधि : पुरस्कारमा पाए ५० लाख र गाडी

  • मिसन संवाददाता
  • सोमवार, माघ १५, २०८० 0९:५६
फारुकीले जिते ‘बिग बोस-१७’ को उपाधि : पुरस्कारमा पाए ५० लाख र गाडी

भारतीय रियालिटी शो बिग बोस १७औँ सस्करणको उपाधि मुनवर फारुकीले जितेका छन्। आइतबार राति भएको फिनालेमा उनी विजेता घोषणा भएका हुन्।

शोको टप ५ मा फारुकीसहित अंकिता लोखंडे, अभिषेक कुमार, मन्नारा चोपडा र अरुण माशेट्टी पुगेका थिए। जसबाट मुनवर र अभिषेक शीर्ष २ मा पुगे। तर, उपाधि मुनवरको पोल्टामा पर्न सफल भयो।

विजेता भएसँगै फारुकीले ५० लाख भारतीय रुपैयाँसहित गाडीसमेत हात पारे। फारुकी स्टयान्ड-अप कमेडियन समेत हुन्। अभिनेता सलमान खानले सञ्चालन गर्ने यो भारतीय टेलिभिजनकै सबैभन्दा रोमाञ्चक शो हो।

  • मिसन संवाददाता
  • सोमवार, माघ १५, २०८० 0९:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट