नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाउने माओवादीको निर्णय

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २७, २०८० १९:0१
नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाउने माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ ।

एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ । नेपाली कांग्रेसले भने युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादीले उभ्याएका नारायण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।

यही फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदैछ । संघीय संसद सचिवालयले आइतबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २८ गते प्रस्तावको सूचना दिने कार्यक्रम तय गरिएको छ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ देखि दिउँसो १ बजेसम्म प्रस्तावको सूचना दिने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए । सोही दिन साढे १ बजे दर्ता भएका प्रस्तावको सूचना प्रकाशित गर्ने र २९ गते दर्ता भएका प्रस्तावमा एक भन्दा बढी उम्मेदवार भएमा निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसका लागि राष्ट्रियसभाको बैठक बिहान ११ बजेर ९ मिनेटमा तय भएको छ ।

  • मिसन संवाददाता
  • आइतवार, फाल्गुन २७, २०८० १९:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट