चलचित्र ‘ऐना झ्यालको पुतली’ अवार्डमा अब्बल सावित भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा चलचित्रले सहभागी भएको अवार्डमा आफूलाई प्रमाणित गर्दै विधागत विजेता बनिरहेको छ । हालै सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा समेत यसले उत्कृष्ट चलचित्रसँगै निर्देशक, लेखनसहित बालकलाकार दिनेश खत्रीले अवार्ड जित्नुभयो । “हाम्रो कामलाई विश्वले हेर्नुभएको छ । हेरेर यसले दिएको सन्देशलाई महसुस गर्दै […]
कैलालीको टीकापुरमा यही चैत २५ देखि २७ गतेसम्म साहित्य महोत्सव आयोजना हुने भएको छ । यसका लागि स्थानीय र प्रदेश सरकारसँग सहयोग सङ्कलन भइरहेको एवं प्रचारप्रसार तीव्र पारिएको छ । महोत्सव तयारीकै विषयलाई लिएर टीकापुरका पत्रकार र सरोकारवालासँग अन्तक्र्रिया गरिएकोे छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राध्यापक डाक्टर जगतबहादुरसिंह रावलले महोत्सवले […]
काठमाडौँ, १२ चैत (रासस) : उपत्यकामा काँठ क्षेत्रको बेग्लै आकर्षण छ । ग्रामीण जीवनलाई जोगाएर सहरतिर उन्मुख हुँदै गइरहेको काँठ क्षेत्रले हाम्रो मौलिक जनजीवन, परम्परा, कला, संस्कृति एवं रीतिथिति जोगाएर राखेको छ । वनजङ्गल, नदीनाला, मठमन्दिर, चैत्य, गुम्बा आदिमा धनी यस क्षेत्रले आधुनिकतासँगै पुराना जात्रामात्रा, चाडपर्व, संस्कृति सबै जोगाएर राखेको छ । स्वच्छ हावापानी र […]
नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पु¥याएवापत यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार प्राज्ञ विष्णु प्रभातलाई अर्पण गरिने भएको छ । दण्डपाणि अर्ज्याल स्मृति केन्द्रद्वारा स्थापित सो पुरस्कारको राशि रु २५ हजार सहित सम्मानपत्र रहेको छ । यही चैत मसान्तभित्र केन्द्रकै वार्षिक प्रकाशन ज्ञानविन्दु अङ्क १४ समेतको लोकार्पण समारोहमा उहाँलाई अर्पण गरिने केन्द्रले जनाएको छ […]
पत्रकारिता हुँदै चलचित्र निर्माण, निर्देशन तथा लेखनमा केही वर्षयता नयाँ पुस्ताका पत्रकारको उपस्थिति बढ्दो छ । पछिल्लो समयमा पत्रकारितासँगै गीत लेख्ने पनि उत्तिकै छन् । समीक्षक हुँदै निर्देशक बनेका पत्रकार दीपेन्द्र लामाले आफ्नो पाँचाँै चलचित्र ‘नाङ्गो गाउँ’ को छायाङ्कन आजदेखि सुरू गर्नुभएको छ । एक महिनाको तालिका बनाएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कार्म लगायतको […]
काठमाडौँ, १० चैत (रासस) : चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका हुन् । यही चैत १७ गते चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । गोविन्दसिंह भण्डारीको निर्देशनमा तयार […]
काठमाडौँ, ९ चैत (रासस) : नेपाली साहित्य क्षेत्रमा बेग्लै खालको कवि, कथाकार, उपन्यासकार, निबन्धकार र समीक्षक बन्न सफल हरि अधिकारी भाषामा खँदिलोपन दिन खप्पिस हुनुहुन्छ । चलनचल्तीमा खासै प्रयोगमा नआएका शब्द वा पदावली प्रयोग गरेर पाठकलाई शिक्षित तुल्याउने साहित्यकारका रूपमा पनि उहाँ चिनिनुहुन्छ । अखबारी लेखनमा पनि सक्रिय पत्रकार अधिकारीको सामथ्र्य पत्रिकाहरूका पाठकले अनुभव गरेकै […]
नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको चरित्रले पहिचान स्थापित भएता पनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन् । ‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै चलचित्रमा आएकाले चरित्र निर्माणमा […]
भारतसँग सीमा जोडिएको पर्यटकीय केन्द्र तुम्लिङमा तीनदिने कञ्चनजङ्गा दिगो पर्यटन फोरम २०२३ जारी छ । फोरममा पर्यटकीयस्थलहरुको प्रचार गर्न विभिन्न पालिका प्रमुखहरुको सहभागिता छ । इलाम नगरपालिकाका प्रमुख केदार थापाले महोत्सवको शुभारम्भ गर्नुहुँदै जैविक विविधताको संरक्षण गरी विकास निर्माणमा पनि पर्यटन मैत्री बन्नुपर्नेमा जोड दिनुभयो । माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको अध्यक्षतामा भएको कार्यक्रममा इतिहासविद […]
हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्न गरिने जात्राका लागि बूढानीलकण्ठबाट शङ्खमूलसम्मका स्थानीयलाई निमन्त्रणा गरिएको छ । काठमाडौँ उपत्यकाका अन्य स्थानमा पाहाँचह्रेका साथै घोडेजात्रा पर्व मनाए पनि हाँडीगाउँ क्षेत्रमा भने यो पर्व मनाइँदैन । हाँडीगाउँमा भने लुकुमाद्य ः का रुपमा लुकाएर राखिएको देवतालाई निकालेर आज पूजा आराधना गरिने परम्परा रहेको काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष बीरेन्द्र प्रजापतीले राससलाई […]
बाबा साहित्य साधक सम्मान २०७८ र २०७९ क्रमशः तनहुँका साहित्यिक अभियन्ता आनन्दसुन्दर श्रेष्ठ र कास्कीका कवयत्री लिली अधिकारीलाई अर्पण गरिने भएको छ । कवि तथा गीतकार दुर्गाबहादुर शाह ‘बाबा’लाई प्राप्त पुरस्कार र विसं २०६७ मा एकल कविता वाचन कार्यक्रममा सङ्कलित रकमबाट सो सम्मान प्रदान गरिँदै आइएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य सहप्राध्यापक कृष्णप्रसाद […]
चलचित्र विकास बोर्डको आयोजनामा भारतीय चलचित्रकर्मी अनुपम बर्वेले सञ्चालन गर्नुभएको तीन दिने चलचित्र पटकथा लेखन र निर्देशन विषयक कार्यशाला सम्पन्न भएको छ । आइतबार बोर्डको हलमा प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्दै समापन गरिएको कार्यशालामा ४८ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । चलचित्रकर्मी बर्वेले नेपालमा अनुभवी तथा नयाँ चलचित्रकर्मीसँग तीन दिन बिताउदा सिकाउनुका साथै सिक्न पनि पाएको […]