प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणको काममा भइरहेको ढिलाइप्रति सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको छ । राजधानीभित्रैको ललितपुरमा पूर्वाधार विकासमा भइरहेको लापर्बाहीबारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउँदै सांसद डा तोसिमा कार्कीले स्थानीयवासी धुलो र हिलोमा बस्नुपरेकामा गुनासो गर्नुभयो । सांसद दीपक खड्का र दिलेन्द्रप्रसाद बडूले खाना पकाउने ग्यासको जलनका कारण घाइते हुनुभएका नेपाली […]
हिमालयन बैंक र सिभिल बैंकको मर्जरपश्चात् आजदेखि एकीकृत कारोबार सुरु भएको छ । आज बिहान हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले केन्द्रीय कार्यालय कमलादीमा पूजा गरेर एकीकृत कारोबार सुरु गर्नुभएको हो । हिमालयन बैंकले सिभिल बैंकलाई १००ः८०.२८ को स्वाप रेसियोमा प्राप्ति गरेको हो । सिभिल बैंकका सेयरधनीले एक सय कित्ता सेयर बराबर हिमालयन बैंकको ८० दशमलव […]
मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावटका कारण काठमाडौँ उपत्यकाका धेरै सडकमा क्षति पुगेको छ । खासगरी उपत्यकामा हाल पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी क्षति पुगेको पाइएको छ । खासगरी लैनचौर–महाराजगञ्ज, महाराजगञ्ज–बालाजु, त्रिपुरेश्वर–कलङ्की, ताहचल–छाउनी, नयाँ सडक, कालीमाटी–कलङ्की सडकका विभिन्न खण्ड, लगनखेल, कुपण्डोल, कुमारीपाटी, बल्खु, कालीमाटीलगायतका स्थानमा खाल्डाखुल्डी देखिएका छन् […]
काठमाडौँ । प्रदेश नं १ का खानेपानी, सिँचाइ, तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले मुलुकको अर्थतन्त्र सुधारका लागि विद्युत् अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभएको छ । खाना पकाउनदेखि सवारीसाधनमा समेत विद्युत् प्रयोग बढाउनसके अर्थतन्त्रमा गुणात्मक सुधार आउन सक्नेdf उहाँले जोडभयो । प्रेस चौतारी नेपाल ताप्लेजुङ शाखाले सदरमुकाम फुङ्लिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री मेन्याङ्बोले विद्युतीय उपकरणको प्रयोग […]
काठमाडौँ । १२ फागुन (रासस): भोजपुरमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि ती क्षेत्र ओझेलमा पर्ने गरेका छन् । राणाकालीन समयमा डोली पैसा छापिएको टक्सार, बालागुरु षडानन्द अधिकारीले पहिलो संस्कृत पाठशाला स्थापना गरेको ऐतिहासिक क्षेत्र दिङला, क्रान्तियोद्धा योगमाया जलसमाधि लिएको क्षेत्र मझुवाबेँसीलगायत दर्जनौँ ऐतिहासिक तथा पर्यटकीय क्षेत्र भए पनि यी क्षेत्रले देशको ध्यान तान्न […]
काठमाडौँ । सिद्धार्थ राजमार्गको स्याङ्जास्थित खड्केटारीबाट आठ किलोमिटरको दूरीमा रहेको बाँगेकोट यस क्षेत्रको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो । प्रकृतिको बरदान यो स्थल पञ्चासे संरक्षित क्षेत्रमा पर्दछ । नेपालका बाइसे–चौबीसे राजाको पालादेखि नै अस्तित्वमा रहेको यो स्थल यहाँको प्राचीनताको जीवन्त उदाहरण हो । प्रकृति र संस्कृतिले विविधतापूर्ण यो स्थल हिमाली एवं पहाडी दृश्यावलोकनका लागि महत्वपूर्ण रहेको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको सञ्चालनमा गरेको कडाईको प्रभाव सेयर बजारमा देखिएको छ । राष्ट्र बैंकले बुधबार लघुवित्त संस्गाहरुको नाउँमा परिपत्र जारी गर्दे १५ प्रशित भन्दा बढी लाभाँश वितरण गर्न नपाउने, एउटा ऋणीलाई बढी सात लाख भन्दा बढी कर्जा दिन नपाउने लगायतको व्यवस्था गरेको थियो । यो व्यवस्थाको प्रभाव आजको सेयर बजारमा […]
काठमाडौं । मदन भण्डारी राजमार्गमा पर्ने ३५ पुलमध्ये चारको निर्माण सम्पन्न भएको छ । बाँकी ३३ पुलको काम समेत ७० देखि ९० प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका इञ्जिनीयर सजित शर्माका अनुसार झापाको बाहुनडाँगीदेखि सुनसरीस्थित धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडकमा पर्ने पुलको हालसम्मको भौतिक प्रगति ७८ प्रतिशत […]
काठमाडौँ । बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ५७ अंक माथिको पहिरो गएको छ । यसदिन नेप्से सूचक ५७.७४ अंक अर्थात् २.७८ प्रतिशतले घट्दै २ हजार २२.६४ अंकमा झरेको हो । केन्द्रीय बैंकले लघुवित्त संस्थाहरुको नाफामा संकुचन ल्याउने गरी ब्याजदर र लाभांश वितरणमा अंकुश लगाउँदै निर्देशनमा संशोधन गरेसँगै आज लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा तीब्र गिरावट आएको […]
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु […]
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेकोे हो । कम्पनीले आफ्नो जारी पुँजी रु छ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशतअर्थात् रु दुई करोड तीन लाख ३८ हजार बराबरको प्रतिशेयर रु एक […]
बझाङ । सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउँछन् । मंसिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट हुने भन्दै चिन्ता व्यक्त गर्छन् । जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ–फागुनमा गहुँ हुर्किसक्थ्यो । खेतबारी नै हरियाली हुन्थ्यो । बुढा भन्छन्, ‘यो सिजनमा त गहुँले चारैतिर हरियाली हुन्थ्यो । […]