काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको सञ्चालनमा गरेको कडाईको प्रभाव सेयर बजारमा देखिएको छ । राष्ट्र बैंकले बुधबार लघुवित्त संस्गाहरुको नाउँमा परिपत्र जारी गर्दे १५ प्रशित भन्दा बढी लाभाँश वितरण गर्न नपाउने, एउटा ऋणीलाई बढी सात लाख भन्दा बढी कर्जा दिन नपाउने लगायतको व्यवस्था गरेको थियो । यो व्यवस्थाको प्रभाव आजको सेयर बजारमा देखिएको छ । आज लघुवित्त संस्थाहरुको चार सय अंक भन्दा बढीले घटेको छ भने लघुवित्तको सेयर मुल्य घटेको छ ।
सोही कारण अघिल्लो दिन झण्डै ३४ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) भने ५७ दशमलव ७४ अंकले घटेर दुई हजार २२ दशमलव ६४ अंकमा झरेको छ । यसैगरी सेन्सिटभ इन्डेक्स पनि ११ दशमलव ९८ अंकले घटेर तीन सय ८४ दशमलव ३६ अंकमा झरेको छ ।
दुई सय ६० वटा कम्पनीहरुको ४८ हजार एक सय पाँच पटकको कारोबारमा ६३ लाख २६ हजार एक सय पाँच कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब ५२ करोड २७ लाख १३ हजार एक सय ५३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सुुचक घटेर नेप्से रातै भएको छ । सो मध्ये बाँणिज्य बैंक समूहको सूचक २४ दशमलव २२ अंकले घटेर १३ सय ३४ दशमलव ५१ अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक पनि ५८ दशमलव सात अंकले घटेर २५ सय ५६ दशमलव ४६ अंकमा झरेको छ ।