शिक्षा

विद्यालय भवन हस्तान्तरण

विद्यालय भवन हस्तान्तरण

समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले दूधपोखरी गाउँपालिका–२ विचौरस्थित श्री बागीश्वरी माध्यामिक विद्यालयलाई आफ्नो निजी खर्चमा निर्माण गरिएको भवन हस्तान्तरण गर्नुभएको छ । आफ्ना बुबाआमाको स्मृतिमा रु ३० लाखको लागतमा निर्माण गरिएको दुईतले चारकोठे चूडामणि रुक्मिणा दवाडी स्मृति भवन तथा कम्प्युटर प्रयोगशाला भवन एक समारोहबीच उहाँहरुले हस्तान्तरण गर्नुभएकोे हो । विसं २००६ मा भाषा पाठशालाका […]

  • २ years अगाडि
मुठीदानद्वारा स्थापना  भएको विद्यालय अहिले नमुना

मुठीदानद्वारा स्थापना भएको विद्यालय अहिले नमुना

कुनै समय खोला बग्थ्यो । विद्यालयका लागि जग्गा थिएन । त्यही खोलालाई सदुपयोग गरेर विद्यालय चलाउने आँट भयो, त्यहाँका बासिन्दाको । यसपछि जन्म भयो–तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञानज्योति आधारभूत विद्यालय । विसं २०५८ मा चन्दा सङ्कलन गरेर विद्यालय निर्माण गरियो । त्यो भवन पनि हावाले उडाएर भत्कियो । तर पनि त्यहाँका बासिन्दाले हिम्मत […]

  • २ years अगाडि
शिक्षकले स्थानीय भाषा नजान्दा सिकाइमा समस्या

शिक्षकले स्थानीय भाषा नजान्दा सिकाइमा समस्या

भैरहवा । मर्चवारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रामआशीष हरिजनले धेरैपछि मात्रै ‘भकारी’ शब्दको अर्थ थाहा पाए । स्थानीय भाषाको ‘डेहरी’ नै भकारी हो भन्ने जान्न उनलाई लामो समय लाग्यो । हरिजनले नेपाली भाषा बुझ्न समस्या भए जस्तै विद्यालयका शिक्षक सोमबहादुर गुरुङलाई पढाउने क्रममा कैयन विषय विद्यार्थीलाई बुझाउन सकस हुन्छ । भोजपुरी […]

  • २ years अगाडि
विद्यालय भवन निर्माण अधुरै

विद्यालय भवन निर्माण अधुरै

दार्चुलाको शैल्यशिखर नगरपालिका–७ स्थित हुनैनाथ माध्यमिक विद्यालय देवथलीको भवन निमार्ण लामो समयदेखि अधुरै रहेको छ । शैल्यशिखर नगरपालिकाले २०७७ सालमा विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो । बजेट विनियोजनपछि भवन निर्माण अघि बढाइएको थियो । भवन निर्माण अधुरै रहेको स्थानीय गणेशदत्त जोशीले बताउनुभयो । नगरपालिकाले विद्यालय भवन निर्माणका लागी रु छ लाख ५० […]

  • २ years अगाडि
एक्काइस हजार महिलालाई हस्तकला सीप

एक्काइस हजार महिलालाई हस्तकला सीप

हस्तकला सिकेका महिला स्वरोजगार बन्न थालेका छन् । पोखरास्थित महिला सीप विकास संस्थाले उनीहरुलाई सीप र आयआर्जनको बाटो देखाएको हो । विसं २०३२ मा स्थापित उक्त संस्थाले हालसम्म २१ हजार बढी महिलालाई हस्तकला सीप प्रदान गरेको छ । तीमध्ये तीनसय ५० उद्यमी महिला संस्थामा जोडिएका छन् । उनीहरु आफ्नै सीप चलाएर नियमित कमाइ गर्छन् । […]

  • २ years अगाडि
जुम्लालगायत हिमाली जिल्लामा वैशाखदेखि नयाँ शैक्षिकसत्र

जुम्लालगायत हिमाली जिल्लामा वैशाखदेखि नयाँ शैक्षिकसत्र

जुम्लालगायत माथिल्लो कर्णालीका हिमाली जिल्लामा वैशाखदेखि नयाँ शैक्षिकसत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्लामा वैशाखदेखि शैक्षिकसत्र सुरु गर्ने प्रस्ताव गरेको थियो । प्रस्ताव अनुसार शैक्षिक सत्र सञ्चालन गर्न गत माघ १५ गते नै शिक्षा विकास निर्देशनालयले परिपत्र गरेको शिक्षा समन्वय इकाइ जुम्लाका प्रमुख मक्कर भण्डारीले जानकारी दिनुभयो । “सो […]

  • २ years अगाडि
विपन्नलाई छात्रवृत्ति

विपन्नलाई छात्रवृत्ति

तनहुँको भानु नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा प्राविधिक शिक्षा अध्ययन गर्ने २४ विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । नगरपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षालयमा तीन वर्षे प्राविधिक शिक्षा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्घ गराइने छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले हरेक वडाका दुई÷दुई विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराउने […]

  • २ years अगाडि
‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ सार्वजानिक

‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ सार्वजानिक

शिक्षासेवी रत्नमान गुरुङद्वारा नेपाली, अंग्रेजी र गुरुङ भाषामा लिखति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक पुस्तक प्रकाशनमा आएको छ । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार सरुभक्तले पुस्तकको लोकार्पण गर्नुभयो । साहित्यकार गुरुङ करिब चार दशकदेखि पोखराको शैक्षिक उन्नयनका क्षेत्रमा क्रियाशील हुनुहुन्छ । प्याब्सन, नेल्टा […]

  • २ years अगाडि
विद्यार्थी सहयोग विशेष कार्यक्रम कार्यान्वयमा

विद्यार्थी सहयोग विशेष कार्यक्रम कार्यान्वयमा

रामपुर नगरपालिकाले विद्यार्थी सहयोग विशेष कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विशेष गरेर दलित, विपन्न, सिमान्तकृत तथा अपाङ्गता भएका विद्यार्थीलाई पठनपाठनमा सघाउ पु¥याउने ध्येयले नगरपालिकाले सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । स्नातक तथा स्नातकोत्तर तहमा रामपुरमै अध्ययन गर्न चाहने विपन्न, दलित, सिमान्तकृत तथा अपाङ्गता भएका विद्यार्थीलाई निःशुल्क भर्ना गर्न नगरपालिकाले व्यवस्था मिलाएकोछ । रामपुरमै स्नातक तथा […]

  • २ years अगाडि
छात्रवृत्ति वितरण

छात्रवृत्ति वितरण

गाउँ सेवा कोष तनहुँले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई रु पाँच लाख छात्रवृत्ति वितरण गरेको छ । जिल्लाका ६५ विद्यालयका एक सय ९५ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको कोषका केन्द्रीय अध्यक्ष श्यामसुन्दर अधिकारीले जानकारी दिनुभयो । “शिक्षाबाट वञ्चित हुने अवस्थामा रहेका विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति वितरण गर्दै आएका छौं”, उहाँले भन्नुभयो । सोही अवसरमा […]

  • २ years अगाडि
संस्कृत शिक्षामा समावेशी बटुक

संस्कृत शिक्षामा समावेशी बटुक

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा रहेको श्रीयोगी नरहरिनाथ अध्यात्म विज्ञानगीता पाठशाला समावेशी समुदायका व्यक्तिलाई अध्यापन गराउने नमुना पाठशालाका रुपमा परिचित छ । समाजमा ब्राह्मण समुदायले मात्र अध्ययन गर्ने भन्ने मान्यता बोकेको संस्कृत विषयमा अहिले विभिन्न जातजातिको पनि आकर्षणको विषय बन्न थालेको छ । गैँडाकोटको श्रीयोगी नरहरिनाथ आश्रममा विभिन्न जातजातिका विद्यार्थीले संस्कृत शिक्षा पढिरहेका छन् । यहाँ […]

  • २ years अगाडि
प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार

प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार

रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गर्नुभयो । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उहाँ जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आउनुभएको हो । आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान शिक्षकको रुपमा नियुक्त गर्नुभएको थियो । जिल्ला सदरमुकाम […]

  • २ years अगाडि

लोकप्रिये