विद्यालय भवन निर्माण अधुरै

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १, २०७९ ११:३१
विद्यालय भवन निर्माण अधुरै

दार्चुलाको शैल्यशिखर नगरपालिका–७ स्थित हुनैनाथ माध्यमिक विद्यालय देवथलीको भवन निमार्ण लामो समयदेखि अधुरै रहेको छ । शैल्यशिखर नगरपालिकाले २०७७ सालमा विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो । बजेट विनियोजनपछि भवन निर्माण अघि बढाइएको थियो । भवन निर्माण अधुरै रहेको स्थानीय गणेशदत्त जोशीले बताउनुभयो । नगरपालिकाले विद्यालय भवन निर्माणका लागी रु छ लाख ५० हजार विनियोजन गरेको थियो । बजेट अभावका कारण भवन निर्माण अधुरै रहेको प्रधानाध्यापक नवराज जोशीले बताउनुभयो । “बजेट अभाव भयो, बाँकी काम अघि बढ्न सकेन”, उहाँले भन्नुभयो । विद्यालय व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने सम्झौता भएको थियो । भवन निर्माण गर्न नगरपालिकाले थप बजेटको व्यवस्था नगरेपछि बाँकी काम अधुरै रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष करबिर जोशीले बताउनुभयो । विसं २०४० मा स्थापनमा भएको उक्त विद्यालयमा हाल कक्षा १० सम्मको पठनपाठन हुँदैआएको छ । हाल यहाँ दुई सय १५ विद्यार्थी अध्ययनरत छन् । भवन निर्माण अधुरै रहेका कारण कोठा अपुग भएपछि हाल एउटै कोठामा दुईवटा कक्षाको पठनपाठन गर्नुपरिरहेको प्रधानाध्यापक जोशीले बताउनुभयो । स्थानीय तहसँग पटक पटक बजेटका लागि माग गर्दा पनि बजेट उपलब्ध हुननसकेको उहाँ बताउनुहुन्छ ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १, २०७९ ११:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट