बाँकेका विभिन्न वनमा जथाभावी हुने डढेलो नियन्त्रणका लागि विभिन्न ठाउँमा वन डढेलो ‘दस्ता’ निर्माण गरिने भएको छ । कुनै कारणबस डढेलो लागेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय समुदाय र सरकारी निकाय एकैपटक खट्ने प्रबन्धका लागि सो दस्ताले काम गर्ने जिल्ला वन कार्यालयले जनाएको छ । उनीहरुलाई डढेलो नियन्त्रण गर्न विभिन्न तालिम दिएर सक्षम बनाइने जिल्ला वन […]
गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढेको छ । कोरोना महामारीका कारण लगातार दुई वर्ष आम्दानी घटे पनि यो वर्ष भने आम्दानी बढेको हो । उद्यानका सूचना अधिकारी गौरव परमारले यो वर्ष यहाँ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढेसँगै आम्दानी पनि बढेको बताउनुभयो । उहाँका अनुसार यो वर्ष वैशाखदेखि फागुनसम्म टिकट बिक्रीबाट मात्रै रू […]
लुम्बिनीमा एकैदिन पाँच सय भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषको सह–आयोजनामा बिहीबार मायादेवी मन्दिर परिसरमा आयोजित धार्मिक कार्यक्रममा पाँच सयलाई कुलपुत्र प्रव्रज्या गरी अल्पकालीन भिक्षु बनाइएको हो । अखिल नेपाल भिक्षु महासङ्घका महास्थविर धम्म शोभन र धम्मकाय फाउण्डेशनका उपप्रमुख भिक्षु फरा पभनाले अल्पकालीन भिक्षुका […]
नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी योजना निर्माण सम्पन्नपछि दिगो रुपमा सञ्चालन गर्नका लागि प्रत्येक खानेपानी ट्याङ्कीमा सो उपकरण जडान गरिइएको हो । यसले उपभोक्ता समिति तथा स्थानीय तहलाई जिम्मेवार बनाउन सहयोग पुग्ने जनाएको छ । खानेपानी सरसफाइ तथा स्वच्छता आयोजनाले कर्णाली प्रदेशमा पहिलो पटक नौमूले गाउँपालिकाबाट ‘टेंक अलर्ट’राख्न सहयोग […]
यहाँ वनमा लाग्ने डढेलो नियन्त्रणका लागि पूर्वाभ्यास गरिएको छ । डिभिजन वन कार्यालयले जिल्लाको भीमसेन थापा गाउँपालिका–१ स्थित मण्डली सामुदायिक वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि पूर्वाभ्यास गरेको कार्यालयका सहायक वन अधिकृत बालकुमार नेपालीले जानकारी दिनुभयो । गर्मी बढेसँगै डढेलोको उच्च जोखिम रहने भएकाले डढेलोका कारण वनजङ्गल विनाश हुनबाट जोगाउन सचेतना फैलाउने उद्देश्यसहित पूर्वाभ्यास गरिएको उहाँले […]
भूकम्पले क्षतिग्रस्त भएको प्रसिद्ध कालिका भगवती मन्दिरको जीर्णाेद्धार गरिएको छ । मन्दिरको कलात्मक ढङ्गले भक्तपुरको इँटा प्रयोग गरी जीर्णाेद्धार गरिएको हो । मन्दिरको छानो ताम्रपत्रले छाइएको छ । भक्तपुरे साना इँटाको प्रयोगले मन्दिरलाई थप आकर्षक बनाएको हो । मुख्य मन्दिरलाई पुरानै शैलीमा आकर्षक ढङ्गबाट निर्माण गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । […]
मालिका र धौलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको ४५ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धौलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा पक्की पुल बनाउन विसं २०७६ जेठ २२ मा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार विसं २०७८ जेठ ८ […]
बाग्मती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । प्रदेश सरकारले खेलाडीहरुलाई जनही रु एक÷एक लाख पुरस्कार दिने घोषणा गरेको हो । क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकामा प्रोत्साहनस्वरुप सो रकम पुरस्कार दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो […]
गलकोट, ३ चैत (रासस) : यसैसाता ग१ख ६२८ नम्बरको बस नवलपुरका पर्यटक बोकेर चर्चित पर्यटकीय गन्तव्य ढोरपाटन पुग्यो । सडक समस्याका कारण यसअघि साना सवारीसाधन मात्रै चल्दै आएको ढोरपाटनमा पछिल्लो समय बसका कारण पर्यटकलाई सहज भएको छ । एक साताअघि मात्र पनि बागलुङ बजारबाट केही सञ्चारकर्मीसहित बोकेर बस ढोरपाटन गएको थियो । नेपालको एकमात्र सिकार […]
भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालयमा धर्ना दिन पुगेका लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पुँजीबजार सुधारका लागि नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको सुझाव प्रतिवेदन कार्यान्वयनको माग राख्दै लगानीकर्ताहरु आज बिहान नेप्से कार्यालय घेराउ गर्न पुगेका थिए । निषेधित क्षेत्रमा धर्ना बसेपछि तीनजनालाई नियन्त्रणमा लिएर प्रहरी […]
धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ । यस अभियानअन्तर्गत छ महिनाका अवधिमा एक हजार २७९ व्यक्तिमा गरिएको परीक्षणबाट ३७ स्थानीयमा क्षयरोग पत्ता लागेका छ । अभियानअघि धुलिखेलमा १८ क्षयरोगी थिए । अभियानमा ३८ हजार आठ सय २० स्थानीयको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै गरिएको जनाइएको छ । धुलिखेलले उक्त आरोग्य सहर अभियान कार्यक्रम नेपालमै […]
स्वास्थ्य कार्यालय तनहुँले सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउने भएको छ । गण्डकी प्रदेश सरकारले स्वास्थ्य कार्यालयमार्फत चालु आर्थिक वर्षमा सुत्केरीलाई पोषण खर्चबापत रकम उपलब्ध गराउन लागेको हो । लक्षित समूहका आमा र बच्चाको पोषण अवस्थामा सुधार ल्याई स्वास्थ्य अवस्था सुदृढ गर्नका लागि सुत्केरी भएको ४५ औँ दिनसम्म पोषिलो खानाका लागि पोषण खर्च उपलब्ध गराउन […]